Home Bibles हिब्रू 2:17 · नेपाली बाइबल
हिब्रू 2:17 · नेपाली बाइबल

यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्।

Cross references

लेवी 6:30

तर पाप बलिको रगत यदि मानिसहरूलाई पवित्र पार्न भेट हुने पालमा ल्याएको भए त्यो खानु हुँदैन। यो आगोमा जलाउनु पर्छ।

लेवी 8:15

अनि मोशाले त्यो साँढेलाई मारेर र केही रगत आफ्नो औंलाहरूमा लिएर वेदीको कुना-कुना सबैतिर दले। यस प्रकार तिनले वेदी पवित्र पारे। अनि बाँकी रहेको रगत वेदीको आधारमा खन्याए। यसरी तिनले प्रायश्चित गर्न वेदी पवित्र बनाए।

2 इतिहास 29:24

पूजाहारीहरूले आफ्ना हात बाख्रा माथि राखे अनि बाख्राहरूलाई मारे। पूजाहारीहरूले बाख्राको रगत द्वारा वेदीमा पाप बलि अर्पम गरे। तिनीहरूले यसो गरे जसद्वारा परमेश्वरले इस्राएलका मानिसहरूको पापलाई क्षमा गरिदिनुहुनेछ। राजाले भने कि त्यो होमबलि अनि पाप बलि इस्राएलका सबै मानिसहरूका निम्ति हुनु पर्छ।

यशैया 11:5

यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।

इजकिएल 45:15

दुइसय भेडाहरूबाट एउटा भेडा इस्राएलको असल पानी लगाएको र्खकबाट ल्याऊ। यो भेडा अन्नबलि, “होमबलि अनि मेलबलि मानिसहरूलाई प्रायश्चित गर्नको निम्ति प्रयोग गरिन्छ।” परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ।

इजकिएल 45:17

तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति उपयोग गरिन्छु।”

इजकिएल 45:20

तिमीले यही काम महीनाको सातौं दिनमा त्यो मानिसको निम्ति गर्नेछौ जसले अन्जानमा अथवा नजानी पाप गरेकोछ। यस्तो प्रकार तिमीले मन्दिरको निम्ति प्रायश्चित गर्नेछौ।

दानियल 9:24

“तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।

रोमी 5:10

मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ।

रोमी 15:17

यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें।

2 कोरिन्थी 5:18

यी सब परमेश्वरबाटै हुन्। ख्रीष्टद्वारा, परमेश्वरले हामी र उहाँको माझमा शान्ति बनाउनु भयो। परमेश्वरले हामीलाई मानिसहरू बीच र उहाँसित शान्ति ल्याउने काम दिनु भयो।

एफिसी 2:16

क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो।

फिलिप्पी 2:7

परमेश्वरसित उहाँको ठाँउ उहाँले छोडिदिनु भयो र मानव हुन जन्मनु भयो अनि सेवक हुनु भयो।

कलस्सी 1:21

एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ।

हिब्रू 2:11

उहाँ नै एक जसले मानिसलाई पवित्र बनाउँनुहुन्छ र ती पवित्र बनाएकाहरू एउटै परिवारबाट आएका छन्। यसकारण उहाँ तिनीहरूलाई आफ्ना दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू भन्न लजाउनु हुन्न।

हिब्रू 2:14

ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।

हिब्रू 3:2

परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।

हिब्रू 3:5

परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।

हिब्रू 4:14

हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।

हिब्रू 7:26

यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।

हिब्रू 7:28

व्यवस्थाले त तिनैलाई प्रधान पूजाहारी छान्छन् जो अरूहरू जस्तै कमजोर मानिसहरू हुन्छन्। तर परमेश्वरको प्रतिज्ञा व्यवस्थापछि आयो। परमेश्वरले लिनु भएको शपथका शब्दहरूले परमेश्वरका पुत्रलाई प्रधान पूजाहारी हुने बनायो। अनि ती पुत्र सधैंको लागि पूर्ण हुनुभयो।

Interlinear

Choose Theme