यसर्थ यदि तिमीहरूले यी आज्ञाहरू मध्ये कुनै एउटा पालन गर्न भूल्यौ अथवा बिर्स्यौ भने के गर्छौ? यदि यी आज्ञाहरू मध्ये कुनै एउटा आज्ञा इस्राएलका सारा निवासीहरूले पालन गर्नु भूले अथवा बिर्से तब इस्राएलका सारा मानिसहरूले परमप्रभुलाई एउटा जवान साँढे होमबलि चढाउनु पर्छ। अन्नबलि र अर्घबलि पनि चढाउनु बिर्सनु हुँदैन। यो बलिको सुगन्धले परमप्रभुलाई सन्तुष्ट तुल्याउँछ। तिमीहरूले पापबलिको निम्ति एउटा पाठो पनि चढाउनु पर्छ।
Cross references
“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।
अनि पछि आफ्नो दोष पत्ता लगाउँछ, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ।
“जब एकजना मानिसले परमप्रभुको पवित्र चीजहरू प्रति नजानेर भूल काम गर्छ, उसले आफ्नो पशुहरूको बथानबाट एउटा निष्खोट भेडा ल्याउनुपर्छ। भेडाको मोल आधिकारिक नाप अनुसार उसको
तिमीहरूले पापबलिको निम्ति एउटा बोका अनि दुइवटा एक वर्षे पाठाहरू पनि मैत्रीबलिको निम्ति चढाउनु पर्छ।
“तिमीले यदि आफ्नो होमबलि, वा बलिदान, मेलबलि अथवा कुनै विशेष भाकलको निम्ति एउटा जवान साँढे तयार पार्न सक्छौ।
त्यहाँ बस्ने सबै इस्राएलीहरू र विदेशीहरूलाई क्षमा गरिन्छ किनभने तिनीहरू सबैले भूल गरेका थिए।
होमबलिको अर्घबलि अतिरिक्त तिमीहरूले पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ।
तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।
परमेश्वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले 100 साढे, 200 भेडा, 400 थुमा अनि समस्त इस्राएलको पवित्रिकरण-अर्पणका निम्ति, इस्राएलका प्रत्येक कुलबाट एक-एक गरी 12 वटा बोका अर्पण गरे।
तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।