Home Bibles ☰ Books 2 इतिहास 29:21 · नेपाली बाइबल
2 इतिहास 29:21 · नेपाली बाइबल

तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।

Cross references

लेवी 4:3

“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

गन्ती 15:22

“अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्स्यौ भने के गर्नुपर्छ?

गन्ती 23:1

बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेडा मेरो निम्ति तयार पार।”

गन्ती 23:14

तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेडा प्रत्येक वेदीमा बलि दिए।

गन्ती 23:29

बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा साँढे र सातवटा भेडाहरू तयार पार।”

1 इतिहास 15:26

परमेश्वरले लेवीहरूलाई सहायता गर्नु भयो जसले करारको सन्दूक बोकेका थिए। तिनीहरूले सातवटा साढे र सातवटा भेडाहरूको बलिदिए।

एज्रा 8:35

तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।

अय्यूब 42:8

यसकारण अब तिमीहरूले, सातवटा गोरूहरू र सातवटा भेडाहरू ल्याऊ। ती सब मेरो सेवक अय्यूबलाई देऊ। तिनीहरूलाई मार तिमीहरूका निम्ति होमबलि अर्पण गर। मेरो सेवक अय्यूबले तिमीहरूका लागि प्रार्थना गर्नेछ अनि त्यो प्रार्थनाको उत्तर दिनेछु। त्यसपछि म तिमीहरूलाई दण्ड दिने छैन जसको लागि तिमीहरू योग्य थियौ। तिमीहरूले ठीक कुराहरू मेरो बारेमा बोलेनौ तर मेरो सेवक अय्यूबले मेरो बारेमा ठीक कुराहरू गरे।”

इजकिएल 45:23

उत्सवको सात दिनको अवधिमा शासकले निष्खोट सातवटा गोरू, सातवटा भेडाबलि चढाउँछ। यो परमप्रभुको निम्ति होमबलि हुन्छ। शासकले उत्सवको सात दिन प्रत्येक दिन एउटा बोका भेटी पापबलिको निम्ति चढाउनु पर्छ।

2 कोरिन्थी 5:21

ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।

Interlinear

Choose Theme