हेर जमीन मलिलो छ वा रूखा छ, अनि हेर यदि त्यहाँ रूखहरू छन् कि छैनन्। त्यस भूमिबाट केही फलहरू ल्याउनु जातिसक्दो कोशिस गर।” त्यस समय दाखको प्रथम उलको कटनीको समय थियो।
Cross references
त्यस पछि तिनीहरू एश्कोल बेंसीमा आए। तिनीहरूले त्यहाँ एक झुप्पा दाख काटी एउटा घोचोमा दुइजनाले बोकेर ल्याए। तिनीहरूले अनार र नेभारा पनि ल्याए।
त्यसपछि कालेबले मोशाकै नजीक मानिसहरूलाई शान्त गराएर भने, “हामी त्यहाँ तुरून्त जानु पर्छ र यसलाई लिनु पर्छ। किनभने निश्चय नै त्यसमाथि हामीले विजय हासील गर्नेछौं।
तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’
शक्तिशाली र साहसी बन। तिनीहरूसित नडराऊ किनभने परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूसंगै हुनु हुन्छ। उहाँले तिमीलाई असफल गराउनु हुन्न अथवा छोड्नु हुन्न।”
तब मोशाले यहोशूलाई भने, “बलियो र साहसी होऊ, तिमीले यिनीहरूका पिता-पुर्खाहरूलाई परमप्रभुले दिन्छु भनी प्रतिज्ञा गर्नु भएको भूमिमा नेतृत्व गर्नेछौ।” मोशाले यहोशूलाई भन्दा सबै मानिसहरूले हेरे। इस्राएलका मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो गराउनुमा सहायता गर्नेछौ।
तब परमप्रभुले नूनका छोरो यहोशूसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “बलियो र साहसी बन, मैले दिन्छु भनी प्रतिज्ञा गरेको भूमिमा जान इस्राएलका मानिसहरूलाई नेतृत्व गर, म तिमीसँगै हुनेछु।”
“यहोशू, तँ दृढ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु।
याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।
यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।”
ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरिहेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए।
दाऊदले यो पनि भने अब छोरा, “परमप्रभु तेरो साथ रहून्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर।
तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो, तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी। तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए। तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए। यसरी तिनीहरूले पेट भरूञ्जेल खाए र मोटाभए तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।
तिनीहरू आफ्नै देशमा हुँदा पनि, तपाईंले दिनुभएको महान समृद्धिमा आनन्द भोग गरिरहँदा पनि, तपाईंले तिनीहरूलाई दिनुभएको पूरा मलिलो भूमिमा हुँदा पनि तपाईंको सेवा गरेनन्, अनि आफ्ना कुकर्मबाट फर्केनन्।
म तिनीहरूलाई घाँस भएको चउरमा लिएर जान्छु। तिनीहरू इस्राएलको पर्वतको अग्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चर्नेछन् र सुत्नेछन्। तिनीहरू इस्राएलको पर्वतमाथि भरपुर घाँस भएको चउरमा चर्नेछन्।
म व्यकुल छु। किन? किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।
त्यसर्थ ढुक्कसित भनौ“प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्छ?”