यहोशू 2:22 · नेपाली बाइबल
ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरिहेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए।
Cross references
1 शमूएल 19:10
शाऊलले भाला हानेर दाऊदलाई भित्तैमा उनिदिने प्रयास गरे। तर दाऊद उफ्रिएर बाँचे। भाला गएर भित्तामा गाडियो। त्यही रात दाऊद त्यहाँबाट भागे।
2 शमूएल 17:20
अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?”त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।”अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढयो। तर तिनीहरूलाई भेटून सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।
भजनसंग्रह 32:6
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।