यसकारण इस्राएलका मानिसहरूले सीनै मरूभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरूभूमिमा आइपुग्दा त्यो बादल अडियो।
Cross references
उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरूभूमिमा बसो-बास गर्न थाल्यो।
इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरूभूमि नजिक थियो।
इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरूभूमिमा पुगे।
जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे।
सीनै मरूभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो।
यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।
इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको पहिलो महीनामा सीनै पहाडको मरूभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो,
तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरूभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।
त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरूभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले।
यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरूभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए।
पारान मरूभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।
ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरूभूमिमा आफ्नो छाउनी हाले।
ती मानिसहरूले सीनै मरूभूमिबाट यात्रा गरी किब्रोथ-हत्तावामा छाउनी हाले।
जब इस्राएलीहरू यर्दन नदीको पूर्वपट्टि सूप पारिपट्टिबाट पारान मरूभूमिमा अनि तोफेल, लाबान, हासेरोत अनि दीसाहाब शहरहरूको बीचमा यर्दन बेंसी थिए, त्यस समयमा मोशाले तिनीहरूलाई दिएको संदेश यही थियो।
अब पहाडी क्षेत्रितिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ।
“तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरूभूमि भएर कादेश बर्नेमा पुग्यों।
मोशाले भने,“परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।