Home Bibles गन्ती 12:16 · नेपाली बाइबल
गन्ती 12:16 · नेपाली बाइबल

त्यसपछि मानिसहरूले हसेरोतबाट छाउनी उठाई परान मरूभूमि सम्म यात्रा गरी त्यहीं छाउनी हाले।

Cross references

उत्पत्ति 21:21

उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरूभूमिमा बसो-बास गर्न थाल्यो।

गन्ती 10:12

यसकारण इस्राएलका मानिसहरूले सीनै मरूभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरूभूमिमा आइपुग्दा त्यो बादल अडियो।

गन्ती 11:35

किब्रोथ-हत्तावाबाट हसेरोत तिर लागे जहाँ तिनीहरू बास बसे।

गन्ती 13:3

यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरूभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए।

गन्ती 13:26

पारान मरूभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।

गन्ती 33:18

ती मानिसहरूले हसेरोतबाट यात्रा गरी रित्मामा छाउनी हाले।

1 शमूएल 25:1

शमूएलको मृत्यु भयो। सारा इस्राएलीहरू भेला भएर शमूएलको मृत्युमा दुःख प्रकट गरे। तिनीहरूले शमूएललाई तिनको आफ्नै घर रामामा गाडे। त्यसपछि दाऊद पारानको मरूभूमितिर लागे।

हबकूक 3:3

परमेश्वर तेमानवाट आउँनु हुँदैछ। पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो, अनि पृथ्वी उहाँको प्रशंसाले भरियो।

Interlinear

Choose Theme