“जब एकजना मानिसले भर्खर विवाह गर्छ उसलाई एक वर्षको निम्ति सेनामा पठाउनु हुँदैन। उसलाई कुनै विशेष काममा पनि लगाउनु हुँदैन। एक वर्षसम्म उसलाई आफ्नै घरमा बस्न दिनु पर्छ र आफ्नी पत्नीलाई खुशी पार्न दिनु पर्छ।
Cross references
यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरु एउटै बनिन्छन्।
यहाँ कोही यस्तो मानिस छ जसको विवाह ठीक गरिएको थियो तर विवाह भएको छैन। यदि कोही त्यस्तो मानिस यहाँ भए घर फर्केर जाओस नत्र त्यो मानिस लडाइँमा मरेको खण्ड त्योसित विवाह गर्न ठीक गरिएकी स्त्रीको अर्को मानिससित बिवाह हुनेछ।’
तिम्रो श्रोत धन्य रहोस् अनि आफूले तन्नेरी हुँदा विहे गरेकी पत्नीसित आनन्द गर।
तिम्रो पत्नीसंग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौ यो संसारमा परमेश्वरले तिमीलाई छोटो जीवन दिनुभएकोछ। यो तिम्रो भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर।
येशूले जवाफ दिनुभयो, ‘के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’
तर जब परमश्वरले संसार बनाउनु भयो, उहाँले मानिसहरूलाई पुरुष र स्त्रीको रूपमा बनाउनुभयो,
तेस्रो मानीसले भन्यो,‘मैले भर्खरै विवाह गरेको छु, म आउन सक्तिनँ।‘
अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस्
दाज्यु-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस।
अनि पतिहरूले पनि आफ्ना पत्नीहरूलाई त्यसरी नै प्रेम गर्नुपर्छ। आफ्नो शरीरलाई प्रेम गरे जस्तै आफ्नो पत्नीलाई प्रेम गर। पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ।