Home Bibles ☰ Books 2 इतिहास 17:13 · नेपाली बाइबल
2 इतिहास 17:13 · नेपाली बाइबल

तिनले भण्डार शहरहरूमा अनेक आपुर्तिहरू राखे। अनि यहोशापातले यरूशलेममा प्रशिक्षित सैनिकहरू राखे।

Cross references

1 इतिहास 7:11

यदीएलका सबै छोराहरू तिनीहरूका परिवारका मुख्य मानिसहरू थिए। तिनीहरूसित 17,200 सैनकिहरू युद्धका निम्ति तयार थिए।

1 इतिहास 27:25

यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएःअज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए। जोनाथन, उज्जियाहका छोरा सा-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।

2 इतिहास 14:7

आसाले यहूदाका मानिसहरूलाई भने, “हामी यी शहरहरूलाई निर्माण गरौं अनि यिनीहरूका चारैतिर पर्खालहरू बनाऔं। हामी बुर्जाद्वारहरू अनि द्वारमा बारहरू बनाऔं हामी यो देशमा बसेसम्म यसो गरौं। यो देश हाम्रो हो किनभने हामीले परमप्रभु हाम्रा परमेश्वरको अनुसरण गरेका छौं। उहाँले हामीलाई हाम्रो चारैतिर शान्ति दिनु भएको छ।” यसर्थ तिनीहरूले निर्माण गरे अनि सफलता प्राप्त गरे।

2 इतिहास 26:10

उज्जियाहले मरूभूमिमा किल्लाहरू निर्माण गरे। तिनले अनेक कुवाहरू पनि खनाए। तिनीसित पहाडी देश अनि समतल भूमिमा प्रशस्त गाई-बस्तुहरू थिए। उज्जियाहका पर्वतहरू अनि असल उब्जनी हुने भूमिका कृषक थिए। तिनीसित ती व्यक्तिहरू पनि थिए जसले दाख उम्रने खेतहरूको हेरचाह गर्थे। तिनीले खेती-पाती मन पराउँथे।

Interlinear

Choose Theme