Home Bibles एस्तर 4:3 · नेपाली बाइबल
एस्तर 4:3 · नेपाली बाइबल

अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए।

Cross references

यहोशू 7:6

जब यहोशूले यस विषयमा सुने, तिनले दुःख प्रगट गर्न आफ्ना वस्त्रहरू च्याते। तिनले पवित्र सन्दूकको सामुन्ने भूइँतिर शिर झुकाए। यहोशू त्यहाँ साँझसम्म बसिरहे। इस्राएलका अगुवाहरूले पनि त्यसै गरे। तिनीहरूले पनि आफ्नो दुःख प्रगट गर्न आफ्ना शिरमा धुलो हाले।

1 शमूएल 4:13

त्यस समय एली शहरको फाटकहरूको मूल बाटोमा आफ्नो आसनमा बसिरहेका थिए। तिनी परमेश्वरको पवित्र सन्दूकको विषयमा ज्यादै चिन्तित थिए र समाचारको प्रतिक्षा गरिरहेका थिए। त्यो बिन्यामीनहरूले आए र दुःखी समाचार शहरलाई दियो। अनि सबै शहरवासी जोडले रून थाले।

1 शमूएल 11:4

ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले।

एस्तर 1:1

अहासूरसको समयमा यो कुरा घट्‌यो यी अहासूर थिए जसले भारतवर्षदेखी लिएर इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे।

एस्तर 3:12

यसर्थ राजाका लेखापालहरू लाई पहिलो महीनाको तेह्रौ दिनमा बोलाए अनि प्रत्येक प्रदेशका राज्यपालहरूलाई, र प्रत्यक प्रदेशका अधिकारीहरूलाई लिपि अनि भाषा अनुसार हामानले आदेश गरे मुताबिक लेखियो। त्यसलाई राजाको नामावाली मा लेखियो अनि त्यसलाई राजाकै राजमोहर लगाइएको थियो।

एस्तर 4:16

तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौ। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”

एस्तर 9:31

मोर्दकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहूदी मोर्दकै अनि एस्तरले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरू का सन्तानहरू माथि उपवास बस्ने अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए।

अय्यूब 2:8

यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले।

यशैया 22:4

यसकारण म भन्छु, “मलाई नहेर! मलाई चिच्याउन देऊ! यरूशलेम ध्वंश भई सकेपछि मलाई सान्त्वना दिन अघि नबढ।”

यशैया 22:12

यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।

यशैया 37:1

राजा हिजकियाहले ती कुराहरू ध्यानपूर्वक सुने। त्यसपछि उनले आफ्ना लुगाहरू च्याते अनि आफ्नो शोक प्रकट गरे। त्यसपछि उनले शोक वस्त्रहरू लगाए, अनि परमप्रभुको मन्दिर गए।

यशैया 58:5

के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थे र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्ता चाहेका हुन?

इजकिएल 27:30

ऊ तिम्रो विषयमा धेरै दुखी हुन्छ! ऊ धुरू-धुरू रूँनेछ। उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ। ऊ खरानीमा लडीबडी गर्नेछ।

दानियल 9:3

तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किएँ अनि सहायताको निम्ति प्रार्थना गरें। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दुखी छु। मैले आफ्नो टाउकोमा धूलो हालें।

योना 3:6

निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे।

मत्ती 13:42

स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्।

मत्ती 22:13

अनि राजाले आफ्ना नोकहरूलाई भने, ‘त्यसका हात खुट्टा बाँधेर त्यसलाई अँध्यारोमा फलिदेऊ जहाँ मानिसहरू दुखले रूवाबसी गर्दै र दाह्रा किट्दै बस्छन्।’

मत्ती 25:30

त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अँध्यारोमा निकलि देऊ। जहाँ मानिसहरू दुख र कष्टमा दाह्रा किट्दै रूवाबासी गरिरहेका छन्।’

Interlinear

Choose Theme