Home Bibles एज्रा 2:61 · नेपाली बाइबल
एज्रा 2:61 · नेपाली बाइबल

अनि पूजाहारीहरूका परिवारःहबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।)

Cross references

2 शमूएल 17:27

दाऊद महनैम पुगे। शोबी, माकीर र र्बजिलाइहरू त्यस ठाउँमा थिए। (शोबी रब्बाको अम्मोनी नाहाशका छोरा थिए। माकीरचाहि लोदबारको अमीएलका छोरा थिए। र्बजिलाइ गिलादका रोग्लीमबाट थिए।)

2 शमूएल 19:31

गिलादीको र्बजितले रागलीमबाट आए। तिनी यर्दन नदीदेखि राजासँगै आए। उसले राजासितै नदी पार गर्न साथ दिए।

1 राजा 2:7

“गिलादको र्बजिल्लैका सन्ततिप्रति दयालु हुनु। तिनीहरूलाई आफ्नो मित्र सम्झिनु अनि आफ्नो मेजमा भोजन गराउनु। तेरो दाजु अब्शालोमबाट भागी हिँड्दा तिनीहरूले मलाई सहायता गरेका थिए।

1 इतिहास 24:10

सातौं हक्कोसको दल थियो।आठौं दल अबियाको थियो।

नहेम्याह 3:4

तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे।तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे। अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।

नहेम्याह 7:63

पूजाहारीहरूमा होबायाह,हक्कोस अनि र्बजिलैका सन्तानहरू थिए। मानिसहरू जसले गिलादबाटका र्बजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँ द्वारा बोलायो।

Interlinear

Choose Theme