Home Bibles नहेम्याह 13:14 · नेपाली बाइबल
नहेम्याह 13:14 · नेपाली बाइबल

हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।

Cross references

2 राजा 20:3

“परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाँइको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभइको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले।

1 इतिहास 29:3

मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु।

2 इतिहास 24:16

मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।

2 इतिहास 31:20

यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।

एज्रा 7:20

अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिएका अन्य चीज-बीजहरू, जसको प्रबन्ध गर्ने जिम्मावारी तिम्रोहो तिमीले राज खजानाबाट प्रबन्ध गर्न सकनेछौ।

एज्रा 7:24

हामी तिमीहरूलाई सुचित गर्छौं, कि समस्त पूजाहारीहरू लेवीहरू, गायकहरू, द्वारपालहरू, मन्दिरका सेवकहरू अनि परमेश्वरको यो मन्दिरका अन्य सेवकहरूले कुनै प्रकारका तिरो तिर्नु पर्ने छैन।

एज्रा 7:27

परमप्रभु, हाम्रा पुर्खाका परमेश्वरको स्तुति गर। उसले राजा र यरूशलेमका परमप्रभुको मन्दिरलाई यस प्रकारले सम्मानित गर्ने तुल्याए।

नहेम्याह 5:19

हे मेरा परमेश्वर मेरो भलाईको निम्ति यी मानिसहरूका निम्ती मैले गरेका सबै याद गरी दिनुहोस्।

नहेम्याह 13:22

त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें।हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।

नहेम्याह 13:31

मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्।हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्। 

भजनसंग्रह 122:6

यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”

भजनसंग्रह 122:9

म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।

हिब्रू 6:10

परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।

प्रकाश 3:5

हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरुले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरुको समक्ष भन्नेछु।

Interlinear

Choose Theme