Home Bibles भजनसंग्रह 122:6 · नेपाली बाइबल
भजनसंग्रह 122:6 · नेपाली बाइबल

यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। “जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।”

Cross references

उत्पत्ति 12:3

म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु। पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि म तिम्रो नाउँ प्रयोग गर्नेछु।”

गन्ती 24:9

“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”

1 शमूएल 12:23

अनि म तिमीहरूका निम्ति प्रार्थना गर्न छोडने छैन। यदि मैले तिमीहरूका लागि प्रार्थना गरिनँ भने परमप्रभु विरूद्ध मेरो पाप हुनेछ। म तिमीहरूलाई शिक्षा दिइरहन्छु ताकि तिमीहरूले राम्रो र सही जीवन जिउनेछौ।

नहेम्याह 11:1

मानिसका अगुवाहरू यरूशलेममा बसे अनि बाँकी रहेका मानिसहरूले प्रत्येक दशजनामा एकजनालाई यरूशलेममा बस्नका निम्ति ल्याउन चिट्टा लगाए। अनि रहेका दशै अंशमा नौ अंश अन्य शहरूमा बसे।

नहेम्याह 11:2

मानिसहरूले सइच्छाले यरूशलेममा बस्न चाहनेहरूलाई आशीष दिए।

एस्तर 4:8

शूशनमा तिनीहरूको संस्कार गर्नु भनि जाहेर गरेको व्यवस्था लेखिएको एक प्रतिलिपि एस्तरलाई देखाइ दिनु अनि राजा कहाँ जानु र राजाको कृपा प्राप्त गर्नू अनि आफ्ना मानिसहरूका निम्ति तिनी सित निवेदन गर्नुभनि निर्देशन दिए।

भजनसंग्रह 51:18

हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्। यरूशलेमको पर्खालहरू पुर्ननिर्माण गर्नुहोस्।

भजनसंग्रह 137:6

यरूशलेम यदि मैले तिमीलाई भुलेको भए तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।

यशैया 62:7

जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।

यशैया 66:10

हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ। दुखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुखी छौ।

यर्मिया 29:7

शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।”

यर्मिया 51:50

तिमीहरूलाई तरवारहरूबाट बचाइएकोछ। एकदम चाँडो बाबेल छोड नपर्ख। तिमीहरू घेरै टाढा ठाउँमा छौ परमप्रभु र यरूशलेमलाई सम्झ।

यूहन्ना 17:21

हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो ।

एफिसी 4:3

आत्मा मार्फत तिमीहरू शान्तिपूर्क एक-अर्कामा सम्बन्धित छौ। शान्तिको बन्धनले यस सम्बन्धलाई अटूट राख्ने भरसक कोशिश गर।

2 थिस्सलोनिकी 3:16

हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैं हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहून्।

1 यूहन्ना 3:14

हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरुलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन उ अझ मृत्युमा छ।

Interlinear

Choose Theme