Home Bibles नहेम्याह 13:31 · नेपाली बाइबल
नहेम्याह 13:31 · नेपाली बाइबल

मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्।हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्। 

Cross references

नहेम्याह 5:19

हे मेरा परमेश्वर मेरो भलाईको निम्ति यी मानिसहरूका निम्ती मैले गरेका सबै याद गरी दिनुहोस्।

नहेम्याह 10:34

“हामी पूजाहारीहरू लेवीहरू अनि मानिसहरूले व्यवस्थामा लेखिए अनुसार परमप्रभु हाम्रा परमेश्वरको वेदिमा जलाउनका निम्ति प्रत्येक वर्ष तोकिएको समयमा कुलहरूले परमेश्वरको मन्दिरमा ल्याउनु पर्ने काठ अर्पण को सम्बन्धमा चिट्टा लगाए।

नहेम्याह 10:35

“हामीहरूले पनि प्रत्येक वर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौ।

नहेम्याह 10:38

अनि पूजाहारी जो हारूनका सन्तानहरू हुन, तिनीहरूले दशांश संग्रह गर्छन्। अनि लेवीहरूले परमेश्वरको मन्दिरको भण्डार गृहमा दशौं भाग ल्याउँछन्।

नहेम्याह 13:14

हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।

नहेम्याह 13:22

त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें।हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।

भजनसंग्रह 25:7

ती मेरा पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस् म जुन जवानी हुँदा गरेको थिएँ। हे परमप्रभु, तपाईंको शुभनाउँको लागि, मलाई प्रेममा सम्झना गर्नुहोस्।

भजनसंग्रह 26:8

हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

भजनसंग्रह 106:4

हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ मलाई पनि बचाउनु पर्छ भन्ने संम्झनु होस्।

लूका 23:42

त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू! जब तपाईं राजा भएर शासन गर्नुहुन्छ त्यसबेला मलाई सम्झनु होस्।”

Interlinear

Choose Theme