Home Bibles ☰ Books नहूम 3:9 · नेपाली बाइबल
नहूम 3:9 · नेपाली बाइबल

कूश र मिश्रले अमोनलाई धेरै शक्ति दिए। त्यसलाई पूत अनि लिबियाको पनि समर्थन प्राप्त थियो।

Cross references

उत्पत्ति 10:6

हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।

1 इतिहास 1:8

एतानका छोरा अजर्याह थिए।

2 इतिहास 12:3

शीशकसित 1,200 रथहरू, 60,000 घोड सवारहरू सेना जो कसैले गन्ती गर्न नसक्ने थिए। शीशकका विशाल सेनामा लूबी, सुक्किया अनि कूशी सैनिकहरू थिए।

यशैया 20:5

मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”

यर्मिया 46:9

हे घोड-सवारी सिपाहीहरू, अघिबढ! हे रथ हाँक्नेहरू, चाँडो हाँक! हे वीर सिपाहीहरू, अघि बढ! कूश र पूटबाट आएका सिपाहीहरू, जो आफ्ना ढालहरू बोक। लूदबाट आएका सिपाहीहरू धनु समाल।

इजकिएल 27:10

“फारस, लूद र पूतका मानिसहरू तिम्रो सेनामा थिए। तिनीहरू तिम्रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम्रो पर्खालमा झुण्डाएका थिए। तिनीहरूले तिम्रो शहरको निम्ति सम्मान अनि यश कमाए।

इजकिएल 29:7

इस्राएलका मानिसहरूले सहायताका निम्ति मिश्रमाथि भरोसा गरे। तर तिमीहरू घरल्याम्मै लड्यौ अनि तिनीहरूको काधँहरूमा चोट पुर्यायो। तिनीहरू सहायताको लागि तिमीमाथि भर परे। तर तिमी भाँच्चियौ र तिनीहरूको ढाडमा चोट पुर्यायौ।”‘

इजकिएल 30:5

“धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।

इजकिएल 38:5

फारस, कूश अनि पूतको सैनिक उनीहरूसँग हुन्छन्। ती सबैले तिनीहरूको ढाल तथा शिरमा टोप धारण गरको हुन्छ।

Interlinear

Choose Theme