निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चारैतिर पानीथियो अनि अमोनले यो पानी स्वंयमलाई उनका शत्रुहरुबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्यो।
Cross references
नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ।
सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु।
म पत्रोसलाई खाली गरीदिन्छु। म सोअनमा आगो लगाई दिन्छु अनि म नो शहरलाई दण्ड दिनेछु।
“हे मानिसको छोरो, मिश्रको राजा फिराऊन अनि त्यसको मानिसहरूलाई यसो भन “‘तिमी अति नौ महान छौ। तिमीलाईं कोसित तुलना गर्न सकिन्छ?
कल्नेह, हमात अनि पलिश्ती शहर र गात शहर हेर, के इस्राएल यी शहरहरु भन्दा राम्रोछ? होइन! के यी शहरहरुका सिमाना इस्राएलका सिमाना भन्दा ठुलाछन्?होइन।