Home Bibles इजकिएल 27:10 · नेपाली बाइबल
इजकिएल 27:10 · नेपाली बाइबल

“फारस, लूद र पूतका मानिसहरू तिम्रो सेनामा थिए। तिनीहरू तिम्रो लडाकु सैनिकहरू थिए। तिनीहरूले आफ्नो ढाल अनि टोप तिम्रो पर्खालमा झुण्डाएका थिए। तिनीहरूले तिम्रो शहरको निम्ति सम्मान अनि यश कमाए।

Cross references

उत्पत्ति 10:6

हामका छोराहरु थिए कूश, मिश्र, पूत र कनान।

उत्पत्ति 10:13

मिश्र, लूद, अनाम, लहाब, नप्तूह,

उत्पत्ति 10:22

शेमका छोराहरु एलाम, अश्शूर, अर्पक्षद, लूद अराम थिए।

1 इतिहास 1:8

एतानका छोरा अजर्याह थिए।

1 इतिहास 1:11

नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए।

1 इतिहास 1:17

अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।कालेबका सन्तानहरू

श्रेष्ठगीत 4:4

तिम्रो घाँटी दाऊदको किल्ला झैं लामो अनि पातलो छ, त्यो किल्ला सजाउनको निम्ति बनाएका हजारौं ढालहरू यसको भित्ताहरूमा शक्तिशाली सेनाहरूसँग छन्।

यशैया 66:19

मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।

यर्मिया 46:9

हे घोड-सवारी सिपाहीहरू, अघिबढ! हे रथ हाँक्नेहरू, चाँडो हाँक! हे वीर सिपाहीहरू, अघि बढ! कूश र पूटबाट आएका सिपाहीहरू, जो आफ्ना ढालहरू बोक। लूदबाट आएका सिपाहीहरू धनु समाल।

इजकिएल 27:11

अर्वाद र हेलेकका मानिसहरूले तिम्रो शहरको चारैतिरका पर्खालमाथि रक्षकको रूपमा खडा थिए। गमादका मानिस तिम्रो ढुङ्गामा थिए। तिनीहरूले तिम्रो शहरको चारैतिरको पर्खालमाथि तिनीहरूको ढाल लगाए। तिनीहरूले तिम्रो सुन्दरतालाई पूर्णरूप दिए।

इजकिएल 30:5

“धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।

इजकिएल 38:5

फारस, कूश अनि पूतको सैनिक उनीहरूसँग हुन्छन्। ती सबैले तिनीहरूको ढाल तथा शिरमा टोप धारण गरको हुन्छ।

दानियल 5:28

पर्सीन तिम्रो राज्य भाग भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”

नहूम 3:9

कूश र मिश्रले अमोनलाई धेरै शक्ति दिए। त्यसलाई पूत अनि लिबियाको पनि समर्थन प्राप्त थियो।

Interlinear

Choose Theme