Home Bibles मीका 2:5 · नेपाली बाइबल
मीका 2:5 · नेपाली बाइबल

जब त्यो भूमि परमप्रभुका मानिसहरुको सभामा चिठ्ठाहालेर बाँडिन्छ प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।”‘

Cross references

व्यवस्था 23:2

यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।

व्यवस्था 23:8

एदोमीहरू र मिश्र देशवासीहरूका तेस्त्रो पुस्ताका सन्तानहरूबाट इस्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सएछन्।

व्यवस्था 32:8

सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।

यहोशू 18:4

यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्।

यहोशू 18:10

यहोशूले शीलोमा परमप्रभुको समक्ष तिनीहरूको निम्चि चिट्ठा गरे। यस प्रकार यहोशूले भूमि विभाजित गरे अनि प्रत्येक कुल समूहलाई भूमिको अंश दिए।

2 राजा 17:23

अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्।

1 इतिहास 16:18

परमप्रभुले इस्राएललाई भन्नु भयोः “मैले तिमीलाई यो कनानको भूमि सुम्पि दिएँ। यो तिम्रो पैतृक सम्पत्तिको भाग हुनेछ।”

नहेम्याह 7:61

मानिसहरू यरूशलेममा तेल-मेलेह, तेल-हर्शा, हरूब, अदूदोन अनि इम्मेरबाट आएका थिए। तर आफ्ना कुलहरू इस्राएलका थिए भनी प्रमाण गर्न तिनीहरू सामर्थ भएनन्।

भजनसंग्रह 16:6

मेरो भाग आश्चर्यपूर्ण छ, मेरो उत्तराधिकार अति सुन्दर छ।

होशे 9:3

इस्राएलका मानिसहरू परमप्रभुको देशमा बस्ने छैनन्। एप्रैम मिश्रदेशमा फर्किजानेछ। अश्शूरमा उनीहरूले यस्तो खाना खाने छन् जुन खाना उनीहरूले नखानु पर्नेथियो।

Interlinear

Choose Theme