यसर्थ तिमीहरू प्रत्येक कुल समूहले तीन मानिसहरूलाई चुन्नु पर्छ। म ती मानिसहरूलाई भूमिको निरक्षण गर्न पठाउने छु। तिनीहरूले त्यो भूमिको विवरण लिनेछन् अनि तिनीहरू फर्केर मकहाँ आउनेछन्।
Cross references
प्रत्येक कुलका एक एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्।
“केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।”
अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान।
“प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान।
त्यसपछि यहोशूले इस्राएलका मानिसहरूलाई भने, “तिमीहरूको भूमि लिन तिमीहरू किन यतिलामो पर्खन्छौ? परमप्रभु, तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भन्नु भएको छ।
तर तिमीहरूले भूमिको विवरण दिनु पर्नेछ अनि त्यसलाई सात भाग गर्नेछन्। मलाई मानचित्र ल्याई देऊ अनि कुन कुलले कुन भूमि प्राप्त गर्ने सो परमप्रभु हाम्रा परमेश्वरले निर्णय गरून्।
यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के।