Home Bibles यर्मिया 10:18 · नेपाली बाइबल
यर्मिया 10:18 · नेपाली बाइबल

परमप्रभु भन्नुहुन्छ “यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु। म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु ताकि तिनीहरूलाई पक्राइनेछ।”

Cross references

व्यवस्था 28:63

“तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेटूनेछन्।

1 शमूएल 25:29

यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ।

यशैया 22:17

“हे वीर पुरूष परमप्रभुले तिमीलाई श्राप दिनुहुनेछ। परमप्रभुले तिमीलाई डल्लो पारेर एउटा सानो गोलीलाई झैं कुनै एउटा ठूलो देशभित्र फ्याँकिदिनु हुनेछ। अनि त्यहाँ तिमी मर्नेछौ।

यर्मिया 15:1

परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।

यर्मिया 16:13

यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’

यर्मिया 23:20

आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउञ्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छलर्ङ्ग बुझ्नेछौ।

इजकिएल 6:10

तर तिनीहरूले बुझ्नेछन् कि म नै परमप्रभु हुँ अनि तिनीहरूले यो पनि थाहा पाउनेछन् यदि मैले केही गर्छु भन्ने ठानें भने त्यो गर्छु। तिनीहरूले बुझ्नेछन् यो सबै आपतहरू तिनीहरूमाथि आइलाग्यो ती सबै मैले गराएको हुँ।”

जकरिया 1:6

अगमवक्ताहरु मेरा सेवकहरु थिए। मैले उनीहरुलाई तिमीहरुका पिता-पुर्खाहरुलाई मेरो ब्याबस्था अनि शिक्षाहरुको बिषयमा भन्न प्रयोग गरें। अनि तिमीहरुका पिता-पुर्खाहरुले शिक्षाहरु ग्रहण गरे। तिनीहरुले भने, ‘सर्वशक्तिमान परमप्रभुले जे-जे गर्छु भन्नुभएको थियो ती सब गर्नु भयो उहाँले हामीलाई सबै हाम्रो नराम्रो रहन्-सहन् अनि हाम्रो नराम्रो कर्मका निम्ति दण्ड दिनुभयो।’ यसरी तिनीहरुले पश्चताप गरे अनि परमेश्वरकहाँ फर्केर गए।”

Interlinear

Choose Theme