Home Bibles ☰ Books मत्ती 26:35 · नेपाली बाइबल
मत्ती 26:35 · नेपाली बाइबल

तर पत्रुसले जवाफ दिए, “म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैन तपाईं साथै मर्नु परेता पनि म तपाईंलाई इन्कार गर्ने छैन।” अनि सबै चेलाहरूले यही कुरा दोहोर्याए।

Cross references

प्रस्थान 19:8

सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने।

हितोपदेश 28:14

त्यो मानिस धन्य हो जो परमप्रभु सित डराउँछ, तर जसले आफ्नो हृदय कठोर पार्छ त्यो संकष्टमा पर्छ।

हितोपदेश 29:23

मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।

मत्ती 20:22

अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?”तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!”

यूहन्ना 13:37

पत्रुसले सोधे, “प्रभु, अहिले म तपाईंलाई किन पछ्यान सक्तिन? म तपाईंका निम्ति मर्न तयार छु!”

रोमी 11:20

त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।

1 कोरिन्थी 10:12

यसैले त्यो जो दह्रिलोसंग उभिन्छु भनि सोच्छ त्यो होशियार साथ उभियोस ताकि उ लड्न नपरोस्।

फिलिप्पी 2:12

मेरा प्रिय साथीहरू! तिमीहरूले सँधै भनेको कुरा मानेकाछौ। जब म तिमीहरूसित थिएँ, तिमीहरू परमेश्वरको आज्ञाकारी थियौ। यो अझ धेरै महत्वपूर्ण कुरो छ कि अहिले मेरो अनुपस्थितिमा पनि तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ। मेरो सहायता बिनै पनि तिमीहरूले आफ्नो मुक्तिकोलागि कोशिश गर। परमेश्वरको डर र आदर गरेर यसो गर।

1 पत्रुस 1:17

तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरु झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरु बाँच्नु पर्छ।

Interlinear

Choose Theme