Home Bibles ☰ Books फिलिप्पी 2:4 · नेपाली बाइबल
फिलिप्पी 2:4 · नेपाली बाइबल

आफ्नै लागि मात्र रूचि नराख, तर अरूहरुको जीवनमा पनि रूचि राख्ने गर।

Cross references

गन्ती 32:6

मोशाले रूबेनका मानिसहरू र गादका कुल समूहलाई भने, “तिमीहरूका दज्यू-भाइहरू युद्धमा जानु पर्छ। जब तिमीहरू यहाँ सदा सर्वदा बस्दा?”

एस्तर 2:22

अनि मोर्दकैलाई त्यो षड्‌यन्त्र थाहा भयो, अनि उसले त्यो कुरा रानी एस्तरलाई भने। अनि एस्तरले त्यो कुरा राजालाई भनिन्, मोर्दकैलाई, सुचना दिएकोमा श्रेयदिंदै।

मत्ती 18:6

‘यदि एउटा सानो बालकले ममाथि विश्वास राख्छ भने, अनि कसैले त्यो बालकलाई पापमा पार्छ भने त्यस मानिसको लागी अति नराम्रो हुनेछ। त्यसको निम्ति त घाँटीमा एउटा ठूलो जाँतो झुण्डयाएर स्वयंलाई अगाध समुद्रमा डुबाइदिनु असल हुनेछ।

रोमी 12:15

जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ।

रोमी 14:19

यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।

रोमी 15:1

हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैलाई मात्रै खुशी तुल्याउन हुँदैन।

1 कोरिन्थी 8:9

तर आफ्नो स्वतन्त्रताको ख्याल राख ताकि तिम्रो स्वतन्त्रताले गर्दा ती कमजोर विश्वास भएका मानिसहरू पापमा नपरून्।

1 कोरिन्थी 10:24

तिम्रो आफ्नो मात्र काम गर्ने कोशिश नगर। अरू मानिसको लागि भलो हुने काममा पनि कोशिश गर्नु पर्छ।

1 कोरिन्थी 10:32

त्यस प्रकारले कुनै काम नगर जसले अरूको विचारमा चोट पुर्याउनु सक्छः जस्तै यहूदीहरू, ग्रीकहरू अथवा परमेश्वरको मण्डली।

1 कोरिन्थी 12:22

होइन। शरीरका ती अंगहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्।

1 कोरिन्थी 13:4

प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।

2 कोरिन्थी 6:3

मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरु मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं।

2 कोरिन्थी 11:29

कसैलाई कमजोर देख्दा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अघि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो।

Interlinear

Choose Theme