Home Bibles मत्ती 20:25 · नेपाली बाइबल
मत्ती 20:25 · नेपाली बाइबल

येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्।

Cross references

दानियल 2:12

जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई ध्वंश गरिनु पर्ने आदेश दिए।

दानियल 2:37

हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।

दानियल 3:2

तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।

दानियल 3:15

अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”

दानियल 3:19

यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो।

दानियल 5:19

अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।

मत्ती 11:29

मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।

मत्ती 18:3

अनि भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ।

मत्ती 20:25

येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्।

मर्कूस 10:42

येशूले सबै चेलाहरूलाई उपस्थित हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर, यहूदीहरूको पनि आफ्ना मानिसहरू छन् तिनीहरूलाई शासकहरू भनिन्छ। तिमीहरूले जान्दछौ कि तिनीहरूले आफ्ना शक्तिको प्रभाव देखाऊँदछन्। अनि तिनीहरूका प्रमुखहरूले आफ्नो समपूर्ण शक्तिहरू मानिसहरूमा प्रयोग गर्न मन पराऊँछन्।

लूका 22:25

तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्।

यूहन्ना 13:12

येशूले तिनीहरूका खुट्टा धोइसक्नु भयो। तब आफ्नो पोशाक लगाई टेबलतर्फ फर्की जानुभयो उहाँले भन्नुभयो, “तिमीहरू जान्दछौ मैले तिमीहरूलाई के गरें?”

Interlinear

Choose Theme