अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुई भाइसँग औधी रिसाए।
Cross references
घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र युहन्नासंग रिसाए।
त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन।
जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान।
यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।
के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।”
हे युवकहरु, तिमीहरुलाई पनि मेरो केही भन्नु छ। तिमीहरुले अग्रजहरुको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरु सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।“परमेश्वर अहँकारी मानिसहरुको विरुद्ध हुनुहुन्छ, तर उहाँले विनम्र मानिसहरुलाई अनुग्रह प्रदान गर्नुहुन्छ।