Home Bibles ☰ Books मत्ती 15:29 · नेपाली बाइबल
मत्ती 15:29 · नेपाली बाइबल

त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढनु भयो र त्यहाँ बस्नुभयो।

Cross references

यहोशू 12:3

उसले यर्दन बेसीको पूर्व किन्नरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे।

यशैया 9:1

पहिला मानिसहरूले सोचे जबूलून र नप्तालीको कुनै महत्व थिएन। तर पछि परमेश्वरले ती तीन जग्गाहरूलाई महिमामय बनाउनु हुनेछ। ती तीन जग्गाहरू हुनः समुद्रको बाटो, यर्दन नदीको पूर्वमा भएको जग्गा र गालीलका गैर-यहूदीहरू।

मत्ती 4:18

गालील झीलका छेउ भएर येशू हिडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जलहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए।

मत्ती 5:1

येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए।

मत्ती 13:2

उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढनु भयो। सबै मानिसहरू चाहि किनारमा बसेका थिए।

मत्ती 15:29

त्यसपछि येशूले त्यो ठाउँ छोड्नुभयो अनि गालील झीलको किनारमा जानुभयो। येशू डाँडामा चढनु भयो र त्यहाँ बस्नुभयो।

मर्कूस 1:16

गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए।

मर्कूस 7:31

त्यपछि येशूले टायरको इलाका छोडनुभयो अनि साइडन भएर डिकापोलिस इलाका हूँदै गालील तालतिर जानुभयो।

लूका 5:1

येशू गेनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे।

यूहन्ना 6:1

यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो।

यूहन्ना 6:23

तर तिबेरियासबाट केही डुङ्गाहरू आए। ती डुङ्गाहरू त्यही ठाँउ नजिक थामिए जहाँ परमप्रभुले परमेश्वरलाई धन्यवाद दिनु भए पछि त्यो भीडले रोटी खाएको थियो।

यूहन्ना 21:1

त्यसपछि, येशू फेरि आफ्ना चेलाहरू समक्ष देखा पर्नु भयो। त्यो तिबिरियास झीलको छेउमा भएको थियो। यो यसरी हुन गयो।

Interlinear

Choose Theme