Home Bibles ☰ Books यहोशू 12:3 · नेपाली बाइबल
यहोशू 12:3 · नेपाली बाइबल

उसले यर्दन बेसीको पूर्व किन्नरेतको झील देखि लिएर खारा समुद्र अनि बेत्यशीमोतको दक्षिणतिर लिएर पिसगाको पहाडहरू सम्म राज्य गर्दथे।

Cross references

उत्पत्ति 14:3

यी सब राजाहरूले आफ्न्ना-आफ्ना सेनाहरू सिद्दीमको बेंसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्दीमको बेंसी हो)।

उत्पत्ति 19:25

यसरी परमप्रभुले ती शहरहरू नष्ट पार्नु भयो। परमप्रभुले समस्त बेंसी उद्भिदहरू र मानिसहरू सबै नष्ट पार्नुभयो।

गन्ती 21:20

बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरूभूमि माथि देखिन्छ।

गन्ती 34:11

शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रकोछेउ सम्म जानेछ।

व्यवस्था 3:17

यर्दन नदी छेउको मरूभूमि तिनीहरूको पश्चिमी सिमाना हो। गालिल झील यस क्षेत्रको उत्तरमा र मृत समुद्र (खारा समुद्र) यसको दक्षिणमा पर्छ। यो पिस्गा भीरको सतह हो। तिनीहरू पूर्वमा पर्छन्।

व्यवस्था 4:49

यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पथ्यर्रो।

यहोशू 3:16

अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।

यहोशू 11:2

अनि उत्तरका पहाडी देश र मरूभूमिका राजाहरूलाई संन्देश पठाए। याबीनले किन्नरेत, नेगेव अनि पश्चिमी तराईका राजाहरूलाई संन्देश पठाए। याबीनले पश्चिमका नाफोत-दोरका राजालाई पनि सन्देश पठाए।

यहोशू 13:20

बेतपोर, पिसगाको पाखो अनि बेत्यशीमोत थिए।

यहोशू 15:2

यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो।

यहोशू 15:5

तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बहन्थ्यो। तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्थ्यो।

यूहन्ना 6:1

यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो।

Interlinear

Choose Theme