येशूले तिनलाई भन्नुभयो, “व्यावस्था के लेखिएको छ? तिमीले त्समा के पढछौ?
Cross references
तिमीले शिक्षा र करार अनुसरण गर्नै पर्छ। यदि तिमी आज्ञाहरू अनुसरण गर्दैनौ भने तिमीले उज्यालो पाउनेछैनौ। भूल आज्ञाहरू ती आज्ञाहरू हुन् जुन जादूवालाहरू अनि भविष्यवक्ताहरूले दिन्छन्। तीआज्ञाहरूको कुनै मूल्य छैन्। तिमीहरूले त्यस्ता मूल्यहीन आज्ञाहरूबाट केही पनि लाभ पाउने छैनौ।
हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।
यदि मानिसहरूले व्यवस्था पछयाएर परमेश्वरको वचन पाउने भए, तब विश्वास मूल्यहीन बन्ने थियो, र परमेश्वरको अब्राहामसँग को प्रतिज्ञा बेकम्मा बन्ने थियो।
व्यवस्थाले दिएको धार्मिकताको बारे मोशा भन्दछन्“व्यवस्था अनुसार हिंड्ने मानिस त्यसबाटै बाँच्नेछ।”
व्यवसथा विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँच्न चहान्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।”
के यसले व्यवस्था परमेश्वरको प्रतिज्ञाको विरुद्ध हो भन्ने अर्थ लाउँछ? होइन। मानिसहरूलाई जीवन दिने त्यस्तो व्यवस्था हुँदो हो, त हामी व्यवस्था पालन गरेरै धार्मिक बनिने थियौं।