Home Bibles मर्कूस 3:11 · नेपाली बाइबल
मर्कूस 3:11 · नेपाली बाइबल

कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।

Cross references

मत्ती 4:3

शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”

मत्ती 4:6

शैतानले भन्यो, ‘यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फालनुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ, अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्, जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।”‘

मत्ती 8:29

ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, ‘परमेश्वरको पुत्र तपाईं हामीबाट के चहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?’

मत्ती 8:31

भूतहरूले येशूलाई बिन्ती गर्न लागे, ‘यदि तपाईंले हामीलाई यी मानिसहरूबाट धपाउन चाहनुहुन्छ भने, दयागरी हामीलाई ती सूंगुरहरूको बथानमा पस्न दिनुहोस्।’

मत्ती 14:33

डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”

मर्कूस 1:1

येशूख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ।

मर्कूस 1:23

जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो।

मर्कूस 5:5

रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैले आफैलाई ढुंगाले काट्दै हिंडथ्यो।

लूका 4:41

धेरै मानिसहरूदेखि भूतहरू बाहिर निस्के। तिनीहरू चिच्याउँदै थिए, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले ती भूतहरूलाई चूप बस्ने आज्ञा दिनु भयो। येशू नै ख्रीष्ट हुनुहुन्थ्यो भनेर भूतहरूले जानेका थिए।

लूका 8:28

त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सँधैं साँङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भुत्‌ले एकान्त ठाँउतिर खेदथ्यो। तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो।

प्रेरित 16:17

त्यस केटीले पावल र हामीलाई पछ्याई। त्यो चिच्याई अनि भनी, “यी मानिसहरू एकदमै सर्वोच्च परमेश्वरको दास हुन्! तिनीहरूले मुक्तिको बाटो तिमीहरूलाई बताइरहेछन।”

प्रेरित 19:13

कतिपय यहूदीहरू ठाउँ ठाउँ डुल्दै दुष्ट आत्माहरू मानिसहरूबाट दुष्ट आत्माहरू भागउने चेष्टा गर्थे। तिनीहरू भन्थे,

याकूब 2:19

तिमीहरू विश्वास गर्छौ परमेश्वर एक हुनुहुन्छ। साँच्ची नै! तर भूतहरूले पनि विश्वास गर्छन्, अनि तिनीहरू भयले काम्छन्।

Interlinear

Choose Theme