Home Bibles ☰ Books मत्ती 11:19 · नेपाली बाइबल
मत्ती 11:19 · नेपाली बाइबल

मानिसका पुत्र अरू मानिसहरूले जस्तै खाँदै पिउँदै आयो। मानिसहरूले भने ‘उसलाई हेर, उसले अति धेरै खान्छ अनि एउटा पियक्कड हो। उ महसूल उठाउनेहरू र पापीहरूको मित्र हो।’ तर बुद्धि चाहिं उहाँले गरेको कामबाट सिद्ध हुन्छ।”

Cross references

भजनसंग्रह 92:5

हे परमप्रभु तपाईंले कति महान् कुराहरू गर्नुभयो। तपाईंका विचारहरू हामीलाई बुझ्न अति कठिन छ।

भजनसंग्रह 109:20

भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ। भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ।

हितोपदेश 17:24

ठीक विचार भएको मानिसले सधै ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैं टाडा-टाडा ठाउँको सपना देख्छ।

मत्ती 9:10

येशू बेलुकीको भोजन मत्तीकै घरमा खान बस्नु भएको बेला त्यहाँ धेरै कर उठाउनेहरू र पापीहरू आएका थिए अनि तिनीहरूले येशू र उहाँका चेलाहरू सँगै भोजन खादै थिए।

लूका 5:29

तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसंगै मेजमा खाँदथे,

लूका 7:29

जब मानिसहरूले यस विषयमा सुने, तिनीहरूले माने कि परमेश्वरको शिक्षा राम्रो छ। ती कर उठाउनेहरू पनि सहमत भए । ती मानिसहरूलाई यूहन्नाद्वारा नै बप्तिस्मा गराइएको थियो।

लूका 7:34

मानिसको पुत्र चाँहि अरू मानिसहरू झैं खाँदै र दाखरस पिउँदै आए। अनि तिमीहरू भन्दछौ, हेर उसलाई। खुब खान्छ अनि पिउँछ। कर उठाउनेहरू र पापीहरूको मित्र हो ऊ।

लूका 14:1

एक विश्रामको दिन, कुनै एक मुख्य फरिसीको घरमा खाना खानु येशू जानु भयो। त्यहाँ भएका सबै मानिसहरूले उहाँलाई खुबै नजिकबाट जाँचिरहेका थिए।

लूका 15:1

अनेकौं महसूल उठाउनेहरू र पापीहरू येशूकहाँ उहाँबाट सुन्न आए।

लूका 19:7

सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससंग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।”

यूहन्ना 2:2

येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्तिाइएको थियो।

यूहन्ना 12:2

बेथानीमा तिनीहरूले येशूको निम्ति रात्री-भोजको व्यवस्था गरेका थिए। मार्थाले भोजन बाँडने काम गरी। लाजरस येशूसँग बसेर खानेहरू मध्ये एकजना थिए।

रोमी 15:2

तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ।

Interlinear

Choose Theme