Home Bibles मर्कूस 4:29 · नेपाली बाइबल
मर्कूस 4:29 · नेपाली बाइबल

जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।”

Cross references

अय्यूब 5:26

तिमी त्यो गहूँ जस्तै हुनेछौ जुन बाली काटिने बेलासम्ममा उब्जनेछ। हो, तिमी बृद्धवस्थासम्म बाँच्नु पर्नेछ।

यशैया 57:1

धर्मी मानिसहरू गइसकेकाछन् तर यसमा कसैले पनि ध्यान दिएन्। मानिसहरू बुझ्दैनन के हुँदैछ। धर्मी मानिसहरू भेला भईरहनेछन्। मानिसहरू विपदहरू आइरहेछ भनी बुझ्दैनन्। तिनीहरूलाई थाहा सम्म छैन कि बचाऊको लागि धर्मी मानिसहरू भेला गरिएकोछ।

योएल 3:13

तिमी हँसिया लिएर आऊ ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरु कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरुले ज्यादै दुष्टता देखाएकाछन्।

मत्ती 13:30

फसलको समयसम्म सामा र गहुँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, ‘पहिले सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहुँ बटुल र मेरो भण्डारमा जम्मा गर।”‘

मत्ती 13:40

सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ।

2 तिमोथी 4:7

मैले लडाईं लडेको छु र दौड सिद्धाएको छु। मैले विश्वास बचाइ राखेकोछु।

प्रकाश 14:13

तब, मैले स्वर्गबाट यस्तो भन्दै गरेको आवाज सुने, “यसलाई लेख परमप्रभुमा जो मरे तिनीहरु धन्य हुन्।”आत्माले भन्छ, “हो, त्यो सत्य हो। ती मानिसहरु तिनीहरुका कठिन परिश्रमदेखि विश्राम गर्नेछन् किनभने तिनीहरुले गरेका कुराहरु तिनीहरुसितै रहनेछन्।”

Interlinear

Choose Theme