Home Bibles ☰ Books मर्कूस 4:28 · नेपाली बाइबल
मर्कूस 4:28 · नेपाली बाइबल

कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ।

Cross references

उत्पत्ति 1:11

तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।

उत्पत्ति 2:4

आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरुको कुरा यही नै हो।

उत्पत्ति 2:9

परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरु अनि खान योग्य फलहरु लाग्ने रुखहरु उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।

उत्पत्ति 4:11

तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु।

भजनसंग्रह 1:3

यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ ऊ ठीक समय फल दिने रूख सरह हो। ऊ पातहरू भएको रूख जस्तै हो जो मर्दैन उसले गरेको प्रत्येक काम सफल हुन्छ।

भजनसंग्रह 92:13

परमप्रभुको मन्दिरमा रोप्न गरिएको धर्मी मानिसहरू हाम्रो परमेश्वरको मन्दिरको प्राङ्गणमा फुलिरहेकाछन्।

हितोपदेश 4:18

तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।

उपदेशक 3:1

प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

उपदेशक 3:11

परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

यशैया 61:11

पृथ्वीले नै बिरूवा उर्माछ। मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्, अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ। त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ। परमप्रभुले प्रत्येक जातिबाट महिमा लानुहुन्छ।”

होशे 6:3

आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने आखिरी वर्षा झैं आउनु हुनेछ।”

मत्ती 13:26

केही समयपछि गहुँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो,

मर्कूस 4:31

परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ।

फिलिप्पी 1:6

परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।

फिलिप्पी 1:9

तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किःबुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बडदै जाओस्।

Interlinear

Choose Theme