पृथ्वीले नै बिरूवा उर्माछ। मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्, अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ। त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ। परमप्रभुले प्रत्येक जातिबाट महिमा लानुहुन्छ।”
Cross references
तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।
त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस् र पहाडहरू अन्नबालीले ढाकियोस्। खेतहरू लबानोन जस्ता मलिलो रहोस्। अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तो शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
पृथ्वीमा बस्ने मानिसहरू परमेश्वरमा विश्वासी हुनेछन्। अनि स्वर्गको परमेश्वर उनीहरूको निम्ति असल हुनुहुनेछ।
उत्तरी हावा, तिमी उठ। दक्षिणी हावा, तिमी आऊ! मेरो बगैंचामा बह अनि आफ्नो सुगन्ध छर्क। मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन् अनि त्यहाँका मिठा फलहरू खाऊन्।
माथिआकाश बाट पृथ्वीमा पण्टा र्बसिन्छ जसरी बादलबाट पानी र्बसिन्छ। पृथ्वी खोलिन्छ अनि मुक्ति उत्पन्न होस्! मुक्तिको विकास हुन्छ साथ-साथै सद्भावना बढ्छ। म परमप्रभुले नै यी सब बनाएँ।
“पानी र हिँऊ आकाशबाट र्बषन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्। जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्। तब धर्तीले बिरूवामा टुसा उमार्दछ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन् अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।
परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।
“त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।
“म सियोनलाई प्रेम गर्छु, यसैले म उसँग लगातार कुरा गर्ने गर्छु। म यरूशलेमलाई प्रेम गर्छु। यसैले म कुरा गर्नु रोकिने छैन्। जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु। जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु।
तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्। सबै राजाहरूले तेरो गौरव देख्नेछन्। त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ। परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ।
जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।
उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, ‘केही किसान बीऊ छर्नलाई निस्क्यो।
अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए।
तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।
तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।