Home Bibles मर्कूस 4:14 · नेपाली बाइबल
मर्कूस 4:14 · नेपाली बाइबल

यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ।

Cross references

यशैया 32:20

तिनीहरू कतिपय मानिसहरूले खोलाको छेउछाउमा बिऊहरू रोप्नेछन्। आफ्ना गोरू र गधाहरूलाई स्वतंत्र रूपमा त्यहाँ चर्न र खान दिनेछन्। तिमीहरू एकदम खुशी हुनेछौ।

मत्ती 13:19

बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।

मत्ती 13:37

येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो।

मर्कूस 2:2

धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो।

मर्कूस 4:3

“सुन! एकजना किसान बीऊ छर्न गयो।

लूका 1:2

तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्।

लूका 8:11

यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।

प्रेरित 8:4

विश्वासीहरू जो चारैतिर छरिएका थिए, जहाँ तिनीहरू गए, परमेश्वरको सुसमाचार मानिसहरूलाई सुनाए।

कलस्सी 1:5

तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरुले आशा गरेको कुरो तमीहरुका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरु जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ।

1 पत्रुस 1:23

तिमीहरु फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरु सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।

Interlinear

Choose Theme