Home Bibles 1 पत्रुस 1:23 · नेपाली बाइबल
1 पत्रुस 1:23 · नेपाली बाइबल

तिमीहरु फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरु सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।

Cross references

लेवी 11:37

अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ।

यर्मिया 23:28

पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।

मलाकी 2:3

“हेर, म तिमीहरूको कुललाई दण्ड दिनेछु। पवित्र दिनहरूमा पूजाहारी तिमीहरूले मलाई बलिदानहरू चढाउँछौ। तिमीले गोबर अनि मरेको पशुको भित्री भाग लिएरआउँछौ अनि फ्याँकि दिन्छौ। तर म त्यो गोबर तिम्रो मुखमा दलिदिनेछु र तिमी पनि त्यो सितै फ्याँकिनेछौ।

मत्ती 24:35

आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।:32-37;

यूहन्ना 1:3

र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।

यूहन्ना 1:13

ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।

यूहन्ना 3:3

येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।”

यूहन्ना 3:5

तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि उ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन।

यूहन्ना 6:63

त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ।

रोमी 1:23

तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे।

1 कोरिन्थी 15:53

यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ।

हिब्रू 4:12

परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।

याकूब 1:18

सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

1 पत्रुस 1:3

परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।

1 पत्रुस 1:25

तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”

1 यूहन्ना 3:9

जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ।

1 यूहन्ना 5:18

हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।

Interlinear

Choose Theme