Home Bibles मर्कूस 4:3 · नेपाली बाइबल
मर्कूस 4:3 · नेपाली बाइबल

“सुन! एकजना किसान बीऊ छर्न गयो।

Cross references

व्यवस्था 4:1

“अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।

भजनसंग्रह 34:11

केटा-केटीहरू मलाई ध्यान देऊ, म तिमीहरूलाई परमेश्वरको आदर गर्ने तरिका सिकाउनेछु।

भजनसंग्रह 45:10

हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।

हितोपदेश 7:24

अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, मेरो बचनहरूमा ध्यान देऊ।

हितोपदेश 8:32

अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।

उपदेशक 11:6

यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।

यशैया 28:23

मैले तिमीहरूलाई भनिरहेका सन्देश अत्यन्त ध्यान दिएर सुन्।

यशैया 46:3

“हे याकूबका परिवार, मलाई ध्यान दिएर सुन। इस्राएलबाट आएका सारा मानिसहरू जो अझ जीवित छन्, ध्यान दिएर सुन्। मैले तिमीहरूलाई बोकी ल्याएको हुँ। तिमीहरू आफ्ना आमाको गर्भमा हुँदादेखि नै मैले बोकी ल्याएको हुँ।

यशैया 46:12

“तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन्। तर तिमीले राम्रो कामहरू गरेनौ।

यशैया 55:1

“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।

मत्ती 13:3

उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो, ‘केही किसान बीऊ छर्नलाई निस्क्यो।

मत्ती 13:24

त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो,

मत्ती 13:26

केही समयपछि गहुँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो,

मर्कूस 4:9

अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”

मर्कूस 4:14

यो किसान त्यस्तै एक जना मानिस जस्तै हो जसले परमेश्वरको वचनलाई छर्दछ।

मर्कूस 4:23

तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।”

मर्कूस 4:26

त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।

मर्कूस 7:14

येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन्नु मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु।

लूका 8:5

“एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए।

यूहन्ना 4:35

‘जब तिमीहरू रोपाई गर्छौ र भन्छौ बाली काटन अझै चार महीना छ, तर तिमीहरू आफ्ना आँखा खोल र मानिसहरूलाई हेर।’ तिनीहरू पनि बाली काट्ने समय भएको खेतबारी जस्ता छन्।

प्रेरित 2:14

त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसंग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यु-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु।

1 कोरिन्थी 3:6

मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो।

हिब्रू 2:1

यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।

याकूब 2:5

सुन मेरा प्यारा भाइ अनि बहिनीहरू, अनि यसपछि के परमेश्वरले गरीबहरूलाई विश्वासमा धनी हुन चुन्नु भएको छैन? तिनीहरूको निम्ति जसले उहाँलाई प्रेम गर्छन, परमेश्वरले ती मानिसहरूलाई उहाँले प्रतिज्ञा गर्नु भएको राज्य प्राप्त गर्न चुन्नु भयो।

प्रकाश 2:7

“स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरुलाई यो कुरा भन्दैछन्।

प्रकाश 2:11

“जसले सुन्न सक्छ मण्डलीहरुलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्त्रो मृत्युले चोट पुर्याउने छैन।

प्रकाश 2:29

जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ,

Interlinear

Choose Theme