गर्नकसैको प्राण बचाँउन वा नाश गर्न मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। 5येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात मलाई देखाऊ त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो।
Cross references
अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।
तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।
जोनाथन रिसाएर टेबिल छोडेर हिँडे। जोनाथनलाई साह्रै अशान्ति लाग्यो कि आफ्नो पितासित रिसाएर दोस्रो दिनको भोजन पनि उसले खाएनन्। उसको पिताले उसलाई अपमान गरे। ती उसका पितासित साह्रै क्रोधित थिए अनि एकदमै दुःखी भए किनभने शाऊलले दाऊदलाई मार्न चाहन्थे।
तब राजा यारोबामले परमेश्वरको जनलाई भने, “कृपया परमप्रभु तपाईंका परमेश्वर सँग मेरो लागि प्रार्थना गर। परमप्रभुलाई मेरो हात निको पार्नु भन।”यसकारण त्यस परमेश्वरको जनले परमप्रभुलाई प्रार्थना गर्यो अनि राजाको पाखुरा निको भयो। यो पहिले जस्तैं नै भयो।
म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आंगनमा फ्याँकिदिएँ।
चालीस वर्षसम्म म ती मानिसहरू गन-गन सहेर बसें। अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्। तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे।
तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’
“हे बहिरा मानिसहरू हो, तिमीहरूले मलाई सुन्नु पर्छ! हे अन्धा मानिसहरू, तिमीहरूले मलाई हेर्नु र देख्नपर्छ।
ती मानिसहरूले जान्दैनन् तिनीहरूले के गरिरहेकाछन्। तिनीहरूले बुझ्दैनन्। तिनीहरूका आँखा बन्द भए जस्तै छन, यसैले तिनीहरूले देख्न सक्दैनन्। तिनीहरूको हृदयले बुझ्ने कोशिश गर्दैनन्।
मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो; अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।
तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, ‘मलाई तिम्रो हात हेर्न देऊ।’ त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो।
यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो।‘तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौं। तिमीहरू हेर्न त हेर्छौ तर कहिले देख्दैनौ।
येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो।
प्रभूले उनलाई भन्नुभयो, “तिमीहरू कपटी हौ। तिमीहरू सबैले तिमीहरूको गोठ अथवा गधा खोलेर गोरू अथवा तवेलाबाट तिनीहरूलाई पानी पियाउन लैजान्छौ। तिमीहरू यो विश्रामको दिन पनि गर्छौ?
जब येशूले ती मानिसहरूलाई देख्नु भयो, उहाँले भन्नुभयो, “जाऊ अनि पूजाहारीहरूलाई तिमीहरू आफैलाई देखाऊ।”जब ती दशजना मानिसहरू पूजाहारीहरूकहाँ जाँदै थिए, तिनहरू निको भए।
तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”
तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड”
येशूले त्यस मानिसलाई भन्नुभयो, “जाऊ सिलोआमाको तलाउमा गएर पखाल।” (सिलोआमको अर्थ हुन्छ ‘पठाउनु) तब त्यो मानिस तलाउमा गयो र धोयो। अब उ देख्ने लायकको भयो।
यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्।
दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अयहूदीहरू परमेश्वरकहाँ आउँदछन्।
तर तिनीहरूको मन बन्द छन् तिनीहरूले बुझन सक्तैनन्। आज पनि जब तिनीहरू पुरानो करार पढछन् त्यही ढकनीले अर्थ छोपिन्छ। ढकनी खोलिएको छैन। त्यो खाली ख्रीष्टद्वारा हटाइन्छ।
ती केही बुझ्न सक्तैनन्, अनि केही जान्दैनन् किन कि तिनीहरू सुन्न अस्वीकार गर्छन् त्यसैले परमेश्वरले दिएको जीवन जस्तो तिनीहरूको जीवन हुँदैन।
जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्। अनि दिनभरि नरिसाइ बस।
पवित्र आत्मालाई दुखित नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो।
त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सँधै गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
अनि परमेश्वर तिनीहरूसंग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।
तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।
मानिसहरुले पर्वत अनि चट्टानहरुलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडाको पाठाको क्रोधबाट बचाऊ।