Home Bibles मर्कूस 2:21 · नेपाली बाइबल
मर्कूस 2:21 · नेपाली बाइबल

कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ ठूलो हुनेछ।

Cross references

भजनसंग्रह 103:13

परमप्रभु आफ्ना भक्तजनहरूसंग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।

यशैया 57:16

म सर्वदा लडाइँ गर्ने छैन्। म सँधै नै क्रोधित भई रहन्न। यदि म लगातर क्रोधित भई रहें भने मैले प्रदान गरेका मानिसहरूका आत्माहरू मेरो समक्ष मर्नेछन्।

मत्ती 9:16

‘कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ।

लूका 5:36

येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किन? किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासंग मिल्दैन।

1 कोरिन्थी 10:13

हामीमा पनि अरूमा जस्तै प्रलोभन्हरू छन्। तर तिमीले परमश्वरमाथि भरोशा राख्न सक्छौ। उहाँले तिमीले सहनु सक्ने भन्दा बढता परीक्षा लिनु दिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।

Interlinear

Choose Theme