तर समय आउनेछ जब दुलहालाई तिनीहरूबाट अलग लगिन्छ, त्यसबेला तिनीहरूले उपवास लिन्छन्।
Cross references
यसकारण राजा तिम्रो सुन्दरतादेखि मक्ख पर्नेछन्। ऊ तिम्रो नयाँ लोग्ने हुनेछ। यसैले तिमीले उनको सम्मान गर।
सियोनकी तरूणीहरू हो, बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर, त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्, जुन दिन उनको विवाह भएको थियो। त्यो दिन उनी अत्यन्तै खुशी थिए।
किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।
जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ। यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै तिमीहरूका स्वामी पनि हुनु हुनेछ। एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ। यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।”
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तरवार मेरो गोठालालाई हिर्काऊ, मेरो साथीलाई हिर्काऊ। मेरो गोठाला अनि भेंडालाई प्रहार गर! भेंडा भागेर जानेछ र साना-सानाहरूलाई म दण्ड दिनेछु।
येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ‘म गोठलोलाई प्रहार गर्नेछु, अनि बथानका भेडाहरू छरपष्ट हुनेछन्।’
तब येशूले चेलाहरूलाई भन्नुभयो, “समय आउनेछ जब तिमीहरूले मानिसको पुत्रको कुनै दिन हेर्नलाई खुबै चाहना गर्नेछौ, तिमीहरू हेर्ने योग्यका हुने छैनौ।
बेहुली बेहुलाकै मात्र हो। बेहुलाको साथी जो उसको छेउमा उभिन्छ उसको आवाज सुन्दा आनन्दित हुँदछ, म संग त्यही आनन्द छ अनि अहिले यो आनन्द पूर्ण भएको छ।
तब येशूले भन्नुभयो, “अब केही क्षण म तिमीहरूसंग बस्नेछु। तब म उहाँकहाँ जानेछु जसले मलाई पठाउनु भयो।
गरीब मानिसहरू सधैं तिमीसंग हुनेछन्। तर म तिमीहरूसँग सधैं बस्ने छैन।”
येशूले भन्नुभयो, “मेरा छोरा-छोरीहो, अब म तिमीहरूसंग केही समय सम्म मात्र रहनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि यहूदीहरूलाई मैले जे भने त्यो तिमीहरूलाई भन्नेछु, अब जहाँ म गइरहेछु त्यहाँ तिमीहरू जान सक्तैनौ।
तर म तिमीहरूलाई साँचो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किन? किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन।
म पिताबाट संसारमा आएँ। अब म यो संसार छोडेर पिता कहाँ फर्केर जाँदैछु।”