Home Bibles लूका 5:36 · नेपाली बाइबल
लूका 5:36 · नेपाली बाइबल

येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किन? किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासंग मिल्दैन।

Cross references

लेवी 19:19

“तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नैपर्छ। दुई प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुई प्रकारका बीउ नछर। दुई प्रकारका धागाले बनिएको लुगा नलगाऊ।

व्यवस्था 22:11

“तिमीहरूले ऊनी र सूतीबाट बनाइएका लुगा लाउनु हुँदैन।

मत्ती 9:16

‘कसैले पुरानो वस्त्रमा भएको प्वालमा नखुम्चिएको लुगाको टुक्रा टाल्दैन। यदि कसैले त्यसो गरे त्यो टालो पुरानो लुगाबाट च्यातिन्छ र त्यो प्वाल झन नराम्रो हुन्छ।

मर्कूस 2:21

कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन। यदि उसले त्यसो गरे त्यो टालो खुम्चिनेछ अनि वस्त्रबाट निस्कने छ। तब प्वाल अझ ठूलो हुनेछ।

2 कोरिन्थी 6:16

परमेश्वरको मन्दिर र मूर्तिहरूसित सम्झौता हुन सक्तैन। अनि हामी जीवित परमेश्वरका मन्दिर हौं। जस्तो परमेश्वर भन्नु हुन्छः“म तिमीहरूसित बस्छु, तिनीहरूसितै हिंड्छु म तिमीहरूका परमेश्वर हुनेछु अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।”

Interlinear

Choose Theme