Home Bibles यशैया 37:3 · नेपाली बाइबल
यशैया 37:3 · नेपाली बाइबल

ती मानिसहरूले यशैयालाई भने, “राजा हिजकियाहले आदेश गरे कि आजको दिन दुख र शोकको विशेष दिन हो। यो अत्यन्तै शोकमय दिन हुनेछ। यो यस्तो दिनु हुनेछ जब एउटा बालक जन्मनेवाला छ। तर शक्तिको अभावमा जन्म लिन सक्तैन्।

Cross references

2 राजा 19:3

राजाबाट तिनीहरू यो समाचार लगेर गए, “आजको दिन हाम्रा निम्ति कष्टको दिन छ, ‘तिरस्कार र निन्दा को दिन! बालक जन्माउँदा बल नभएकी स्त्री झैं हामी भएका छौं।

2 इतिहास 15:4

तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए।

भजनसंग्रह 50:15

परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”

भजनसंग्रह 91:15

मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु।

भजनसंग्रह 95:8

परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले जंङ्गलमा हुँदा मरीबामा गरे झै अनि मरूभूमिमा गरेको मस्सामा झैं जिद्दी नगर।

भजनसंग्रह 116:3

म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ।

यशैया 22:5

परमप्रभुले एक खास दिन रोज्नु भयो। त्यस दिन त्यहाँ कोलाहल र अस्तव्यस्त स्थिति हुनेछ। दर्शनको बेंसीमा मानिसहरू एकअर्कालाई कुल्ची मिल्ची पार्दै हिंड्नेछन्। शहरका पर्खालहरू भत्काई झार्नेछन्। बेंसीमा बस्ने मानिसहरू पर्वतमा बस्ने मानिसहरू प्रति चिच्याई कराउनेछन्।

यशैया 25:8

तर मृत्युलाई सदाको निम्ति नष्ट गरि दिनुहुनेछ। अनि मेरो परमप्रभु, मेरो मालिकले प्रत्येकको अनुहारबाट आँसु पुछि दिनुहुनेछ। बितेका दिनहरूमा, तिनीहरू सबै उदास थिए। तर परमेश्वरले पृथ्वीबाट त्यो उदासीनता हटाई दिनुहुनेछ। यी सबै कुराहरू हुनेछ किनभने परमप्रभुले त्यसो भन्नुभएको थियो।

यशैया 26:17

हे परमप्रभु, जब हामी तपाईं सँग थिएनौं, हामी प्रसुतो वेदनामा रूने स्त्री जस्तै थियौं।

यशैया 29:2

मैले अरीएललाई दण्डित गरें। त्यो शहर खिन्नता र विलापले परिपूर्ण भयो। तर सधैं मेरो अरीएल भई।

यशैया 33:2

हे परमप्रभु, ‘हामीमा अनुग्रह गर्नुहोस्। हामी तपाईंको सहायतकोलागि पर्खिरहेका छौं। परमप्रभु, हामीलाई प्रत्येक बिहान शक्ति प्रदान गर्नुहोस कष्टमा हाम्रो उद्धार हुनुहोस।

यशैया 66:9

त्यसरी नै, म कसैलाई नानी नजन्माइ प्रसव वेदना अनुभव गर्ने अनुमति दिँदिन्।”परमप्रभुले भन्नुहुन्छ, “म वचन दिन्छु, यदि तिमीलाई प्रसव वेदना अनुभव हुन्छ भने तब म नयाँ राष्ट्र जन्माउनलाई तिमीलाई रोक्ने छैन्।” तिमीहरूका परमेश्वरले यस्तो भन्नुभयो।

यर्मिया 30:7

हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।

होशे 5:15

जबसम्म तिनीहरूले आफ्ना अपराध स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन।”

होशे 13:13

उसलाई प्रसव वेदना हुनेछ। ऊ एउटा अज्ञानी शिशु जस्तै हो चुनौती सामना गर्ने ठीक समयमा ऊ आउँदैन।

प्रकाश 3:19

“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरुलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्तन गर।

Interlinear

Choose Theme