Home Bibles मर्कूस 10:34 · नेपाली बाइबल
मर्कूस 10:34 · नेपाली बाइबल

तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”

Cross references

अय्यूब 30:10

ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन। तिनीहरू सोच्दछन कि तिनीहरू म भन्दा राम्रा छन। तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।

भजनसंग्रह 16:10

किन? किनभने परमप्रभु, तपाईंले मलाई चिहानमाछोडनु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कूहुन दिनुहुने छैन।

भजनसंग्रह 22:6

यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्।

भजनसंग्रह 22:13

तिनीहरूले मलाई गर्जंदै शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।

यशैया 50:6

मलाई कुट्न ती मानिसहरू छाडी दिन्छु। उनीहरूलाई मेरो बारीबाट केरा उखेल्न छाडी दिन्छु। पीर पर्ने कुराहरू भने पनि म मेरो अनुहारमा थुके पनि उनीहरूबाट अनुहार लुकाउने छैन।

यशैया 53:3

मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।

होशे 6:2

दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नु हुनेछ अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउनु हुनेछ। हामी उहाँकै अघि जिउँदो हुनेछौं।

मत्ती 12:39

येशूले जवाफ दिनुभयो, ‘दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेकै

मत्ती 16:21

त्यसै बेलादेखि यसो येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठनु हुनेछ।

मत्ती 26:67

त्यसपछि मानिसहरूले येशूको मुखमा थुकिदिए। तिनीहरूले उहाँलाई मुक्काले हिर्काए। कसै-कसैले येशूलाई झापट दिए।

मत्ती 27:27

त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए।

मर्कूस 14:63

जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र?

मर्कूस 14:65

त्यहाँ भएका कतिजनाले येशूलाई थुके। तिनीहरूले येशूको अनुहार छोपिदिए अनि उहाँलाई हिर्काए। तिनीहरूले भने, “तपाईं अगमक्ता हो भनेर हामीलाई देखाउनुहोस्।” त्यसपछि पहरादारहरूले उहाँलाई लगे र कुटे।

मर्कूस 15:17

सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए।

मर्कूस 15:29

ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने?

लूका 22:63

कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूल येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए।

लूका 23:11

तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए।

लूका 23:35

मानिसहरू येशूलाई हेरेर उभिए। यहूदी प्रमुखहरू येशूलाई यसो भन्दै निन्दा गरे, “यदि ऊ नै परमेश्वरले छान्नु भएको, ख्रीष्ट हो भने, जसरी उसले अरूलाई बचायो उसले आफैलाई बचाउने काम गरोस्?

यूहन्ना 1:17

मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।

यूहन्ना 2:10

उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस संधैं बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँडन थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”

यूहन्ना 19:2

सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए

1 कोरिन्थी 15:4

कि ख्रीष्ट गाडिए अनि तीन दिन पछि बौरिए, जस्तो धर्मशास्त्रले भन्छ;

Interlinear

Choose Theme