Home Bibles ☰ Books यूहन्ना 2:10 · नेपाली बाइबल
यूहन्ना 2:10 · नेपाली बाइबल

उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस संधैं बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँडन थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”

Cross references

उत्पत्ति 43:34

नोकरहरूले यूसुफको टेबलबाट भोजन ल्याएर तिनीहरूलाई दिन्थे। तर ती नोकरहरूले बिन्यामीनलाई अरू दाज्यूभाइहरूलाई भन्दा पाँच गुणा वेशी दिन्थे। ती दाज्यूभाइहरू नअघाउञ्जेलसम्म यूसुफसँगै खाए।

भजनसंग्रह 104:15

परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ तेल जसले हाम्रो छाला नरम पार्दछ, अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।

हितोपदेश 9:1

ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी।

हितोपदेश 9:16

अरे हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।

श्रेष्ठगीत 5:1

मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे

लूका 16:25

तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।

प्रकाश 7:16

तिनीहरुले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरु फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरुलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरुलाई र्गमिले पोल्ने छैन।

Interlinear

Choose Theme