कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किन? किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ।
Cross references
यसर्थ ती मानिसहरूले इस्राएलका मानिसहरूलाई मूर्ख तुल्याउने प्रयत्न गरे। तिनीहरूको योजना यो थियो, तिनीहरूले दाखरस हाल्ने छालाका पुराना मशकहरू जम्मा गरे जो चर्केका अनि फुटेका थिए। तिनीहरूले ती दाखरस हाल्ने छालाका पुराना मशकहरू आफ्ना पशुहरूमा लधाए। अनि आफ्ना पशुहरू माथि पुराना थाङ्गनाहरू लगाए। जसद्वारा यस्तो देखियोस् कि तिनीहरू अत्यन्त टाढाबाट यात्रा गरेर आएका हुन्।
हाम्रा दाखरसका छालाका मशकहरू हेर्नुहोस्। हामीले घर छोड्दा यी नयाँ अनि दाखमद्यले भरिएका थिए। अहिले तपाईंहरूले देख्नसक्नु हुन्छ, कि तिनीहरू चर्केका अनि पुराना भएका छन्। हाम्रा बस्त्र अनि चप्पलहरू हेर्नु होस्। तपाईंहरूले देख्न सक्नु हुन्छ कि लामो यात्राले गर्दा हामीले लगाएका कुराहरू प्रायः थोत्रा भएका छन्।”
म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन।