“हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।
Cross references
सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”
त्यसपछि लेआले अझ अर्को छोरो जन्माई र उसको नाउँ यहुदा राखी। लेआले चौथो छोरोको नाउँ यहूदा राखीन् कारण उनले भनीन्, “अब म परमप्रभुको प्रशंसा गर्नेछु।”
हामीहरू सबै खेतमा काम गर्दैथियौ। हामीहरू सबैले मिलेर गहुँको बिटा बाँध्दै थिर्यो। मैले बाँधेको बिटा अनि तिमीहरूले बाँधेको बिटाहरूले मेरो बिटालाई चारै तिरबाट घेर्यो। त्यसपछि तिमीहरूको बिटाले मेरो बिटालाई निहुरिएर ढोग्यो।”
त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे।
त्यसपछि यहूदा यूसुफको नजिक गए अनि भने, “महाशय, दया गरी मलाई स्पष्टसित केही भन्न दिनु होस्। दया गरी मसित नरिसाउनु होस्। म जान्दछु तपाईं फिरऊन राजा सरह हुनुहुन्छ।
यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।
यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो।
यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।
यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या 76,500 थियो।
मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नोस्।”
तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।
यहूदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।
यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”
परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।”
इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”
यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे।
तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ।
योआबले राजालाई मानिसहरूको स्ची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्।
राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले।
परिवारिक इतिहासमा रूबेनको नाउँ जेठा छोराको रूपमा लेखिएको छैन। यहूदा आफ्ना भाइहरू भन्दा अधिक बलवान भए यसर्थ तिनका परिवारबाट प्रधानहरू आए।
यो मानिसहरूको सूची थियो जो दाऊद कहाँ समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद कीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए।
रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।
आसाका यहूदाका परिवार समूहका 3,00,000 मानिसहरू अनि बिन्यामीनका कुल समूहका 2,80,000 मानिसहरूका सेना थिए। यहूदाका मानिसहरूले ठूला-ठूला ढाल र भालाहरू बोक्थे। बिन्यामीनका मानिसहरूले सा-साना ढाल अनि धनुबाट काँड हान्थे। ती सबै मानिसहरू बलिया र साहसी सैनिकहरू थिए।
त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।
तिनले सैनिकहरूका दलहरू यहूदाका सबै शहरहरूका किल्लाहरूमा राखे। यहोशापातले यहूदामा अनि तिनका पिता आशाले अधिकारमा लिएका एप्रैमका शहरहरूमा सैनिकहरूको किल्ला समूह लगाए।
ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।
तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।
तपाईंले मलाई मेरा शत्रुहरूका घिच्रोमा हिर्काउने र मेरा विरोधीहरूलाई ध्वंश पार्ने मौका दिनुभयो।
यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्। इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।
अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।
तिम्रो दर्शन व्यर्थ छ। तिम्रो जादूले तिमीलाई सहायता गर्नेछैन। यो झूठो अगमवाणी हो। अब ती दुष्ट मानिसहरूको घाँटीमा तरवार राखिन्छ। तिनीहरू चाँडै मर्नेछन्। अन्त्यको दिन आइपुगेको छ। तिनीहरूको पापको अन्तिम समय आइसकेकोछ।
उहाँले यसो गर्नुभयो ताकि स्वर्गमा, पृथ्वीमा औ पातलमा प्रत्येक वस्तु येशूको नाउँमा घुँडा टेकोस्।
यो स्पष्ट छ कि हाम्रा प्रभु यहूदाको वंशबाट आउनुभयो तर मोशाले त्यस वंशबाट पूजाहारीहरू हुने बारे केही कुरा गरेनन्।
अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल र्पखिरहनु भएको छ।
तर अग्रजहरु मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”
सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,”“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”