सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसंगै बसे।
Cross references
यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको जस्तो जीवन बिताउँदैन, अनि जसले परमेश्वरलाई श्रद्धा नगर्ने मानिसहरूलाई मन पराउँदैन त्यो मानिस साँच्चै नै सुखी हुनेछ।
म ती व्यर्थका मानिसहरू मध्येको होइन। म दुष्टका संगतहरूलाई घृणा गर्छु।
हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिंड।
जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।
तब मुख्य पूजाहारीहरू र यहूदी प्रधान, अगुवाहरू पूजाहारीको ठाउँमा भेला भए। प्रधान पूजाहारीको नाम कैयाफा थियो।
त्यसबेला, पत्रुस आँगन बाहिर बसिरहेका थिए। एउटी नोकर्नीले आएर भनी, “तिमी पनि गालील निवासी येशूसंग थियौ।”
त्यति बेला पत्रुस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकर्नी केटी त्यहाँ आई।
येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।
तर पत्रुस बाहिरै ढोका नजिक बस्यो। ती चेला जसले प्रधान पूजाहारीलाई चिन्यो र बाहिर आयो। उनी त्यस केटीसंग बोले जसले मानिसहरूलाई ढोका खोलिदिई। तब उसले पत्रुसलाई भित्र ल्याए।
शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?”तर पत्रुसेल अस्वीकार गर्दै भन्यो, “अहँ, म होइन।”
भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”
ख्रीष्ट र बेलियालले कसरी सम्झौता गर्न सक्छन्? एक विश्वासीले अविश्वासीबाट के पाउन सक्छ?