Home Bibles मर्कूस 11:11 · नेपाली बाइबल
मर्कूस 11:11 · नेपाली बाइबल

येशू यरूशलेममा जानूभयो अनि मन्दिरभित्र पस्नुभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।

Cross references

इजकिएल 8:9

तब परमेश्वरले मलाई भन्नुभयो, “भित्र जाऊ, अनि ती डरलाग्दा दुष्ट कामहरू हेर, जुन मानिसहरूले यहाँ गरिरहेका छन्।”

सपन्याह 1:12

“त्यस समय, म एउटा लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।

मलाकी 3:1

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छत्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।

मत्ती 21:10

त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”

लूका 19:41

येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।

लूका 21:37

येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतुन भन्ने पाहाडमा बिताउनु भयो।

यूहन्ना 8:1

येशू जैतून डाँडामा जानुभयो।

Interlinear

Choose Theme