Home Bibles ☰ Books लूका 22:18 · नेपाली बाइबल
लूका 22:18 · नेपाली बाइबल

म तिमीहरूलाई भन्छु, “म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”

Cross references

न्यायकर्ता 9:13

तर अंङ्गुरको बोटले उत्तर दियो, “मेरो दाखरसले मानिस अनि राजाहरूलाई खुशी तुल्याउँछ। के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले दाखरस उत्त्पादन गर्न छोडनु?”

भजनसंग्रह 104:15

परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ तेल जसले हाम्रो छाला नरम पार्दछ, अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।

हितोपदेश 31:6

गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।

श्रेष्ठगीत 5:1

मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु।हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ।प्रेमिका भन्छे

यशैया 24:9

मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।

यशैया 25:6

त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।

यशैया 55:1

“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।

दानियल 2:44

“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।

जकरिया 9:15

सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्। उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्, यो दाखरस जस्तै बग्नेछ। यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।

जकरिया 9:17

प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।

मत्ती 16:18

यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।

मत्ती 26:29

म तिमीहरूलाई भन्दछु म यो दाखरस फेरि पिउँदिन जबसम्म मेरो पिताको राज्यमा नयाँ जस्तै भएर हामीहरू एकै पिउँदैनौं।”

मर्कूस 9:1

त्यसपछि येशूले भन्नुभयो, “म तिमी हरूलाई साँचो भन्दछु, यहाँ उभिरहेका मध्ये कोही मानिसहरूले मर्नभन्दा अघिबाटै परमेश्वरको राज्य आएको देख्नेछन्। परमेश्वरको राज्य शक्तिमा आएको देख्नेछन्”

Interlinear

Choose Theme