गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ।
Cross references
हन्ना साह्रै नै दुःखी थिइन्। यसर्थ जब तिनले प्रार्थना गर्न शुरू गरिन तिनी साह्रै रोइन्।
सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए।
तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”
किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु?
मर्दै गरेका मानिसले मलाई आशीर्वाद दिन्थे दुःख पाएका विधवाहरूलाई म सहयोग गर्थें।
परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ तेल जसले हाम्रो छाला नरम पार्दछ, अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।
तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।