किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”
Cross references
धन्य हुन ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँचो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाँउछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ।
येशूसंग बसिरहेका धेरै मानिसहरू मध्ये एकजनाले यो कुरा सुन्यो। त्यस मानिसले येशूलाई भन्यो, “तिनीहरू ज-जसेल परमेश्वरको राज्यमा भोज खान पाउँछन्, तिनीहरू साँच्चैनै धन्य हुन्।”
मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”
म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन।
तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसंगै खाना-पिना गर्यौं।
बासी खमीर निकालि देऊ, तब मात्र तिमीहरू नयाँ ढिका बन्नेछौ। तिमीहरू साँचै खमीर बिनाको रोटी हौ। हो, ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, पहिल्यै मारिनु भएको थियो।
व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बलि चढाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढाउन छोडदैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।
तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरु जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रण गरियो। तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”