Home Bibles लूका 17:21 · नेपाली बाइबल
लूका 17:21 · नेपाली बाइबल

मानिसहरूले भन्ने छन्, हेर परमेश्वरको राज्य यहाँ छ! अथवा, त्यहाँ छ! होइन, परमेश्वरको राज्य तिमीभित्रै छ।”

Cross references

मत्ती 12:28

तर म परमेश्वरका आत्माको शक्तिद्वारा भुतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ।

मत्ती 24:23

त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर।

मर्कूस 13:21

त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ। अथ्वा उहाँ त्यहाँ हुनुहुन्छ। यसलाई विश्वास नगर।

लूका 10:9

त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’

लूका 17:23

मानिसहरूले तिमीहरूलाई भन्नेछन्, हेर्, यो त्यहाँ छ! अथवा हेर, यो यहाँ छ!’ जहाँ छौ तिमीहरू त्यहीं बस, टाडा नजाऊ अनि नखोज।

लूका 21:8

येशूले भन्नुभयो, “सर्तक बस! मूर्ख नबन। मेरो नाम लिदै धेरै मानिसहरू आउनेछन्। तिनीहरूले भन्नेछन्, म नै ख्रीष्ट हुँ, अनि, सही समय आएको छ! तर तिनीहरूलाई नपछयाउनु।

यूहन्ना 1:26

यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसंगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ।

रोमी 14:17

परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।

कलस्सी 1:27

त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।

Interlinear

Choose Theme